भूकम्पले रानीपोखरीको मध्यभागमा रहेको मन्दिर क्षतिग्रस्त भएपछि अहिले त्यस मन्दिरसहित सिंगो रानीपोखरी नै पुनर्निर्माणको तयारी भएको छ। राजधानी सहर काठमाडौंको केन्द्रभागमा रहेको रानीपोखरीलाई पुनर्निर्माण गरी दैनिक रुपमा सर्वसाधारणको लागि खुला गर्ने महानगरपालिकाको तयारी छ।
रानीपोखरी पुनर्निर्माणको शिलान्यास २०७१ माघ २ गते नै राष्ट्रपति विद्या भण्डारीले गरेपनि पुनर्निर्माणको काम भने सुरु हुन सकेको छैन। पछिल्लो पटक वैशाख १२ गतेदेखि पुनर्निर्माण सुरु गर्ने भनिएपनि काम रोकिएको छ। त्यसको कारण हो रानीपोखरीमा रहेका माछा।
पुनर्निर्माणको काम सुरु गर्नुअघि रानीपोखरीको पानी सुकाउनुपर्ने हुन्छ। त्यो भन्दा पहिले माछाको व्यवस्थापन गर्नुपर्छ। धार्मिक हिसाबले पालिएको माछा बिक्री वितरण गर्न पनि पाइँदैन। अहिले यही माछा कहाँ तह लगाउने भन्ने चिन्ता काठमाडौं महानगरपालिकालाई परेको छ।
महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङ भन्छन् ' धार्मिक हिसाबले पालिएको माछा बिक्री गर्न पनि मिलेन, त्यसैले यहाँका माछा राख्न ठाउँ खोजिरहेका छौं।' काठमाडौं वरपरका सार्वजनिक पोखरीहरुमा पानीको मात्रा निकै कम भएकाले माछा राख्न कठिनाइ भएको उनले बताए। 'अहिले बालाजु माछापोखरीको दुईवटा पोखरीमा राख्ने कुरा भएको छ, त्यहाँ कति अटाउँछ त्यसपछि अरु ठाउँको खोजी हुन्छ', कार्यकारी अधिकृत तामाङले भने। रानीपोखरीबाट शनिबार एक टिप माछा झिकेर बालाजुमा लगिएको छ। त्यसपछि माछा झिकिएको छैन।
काठमाडौं वरपरका अरु पोखरीमा पानी सुकेकाले माछा राख्न नमिलेको महानगरपालिकाले जनाएको छ। माछा राख्न राम्रो विकल्प भनिएको टौदहको पोखरी सुकेको छ।
रानीपोखरी पुनर्निर्माणको बजेट करिब १२ करोड रुपैयाँ छ। पुनर्निर्माणको जिम्मा वर्ल्डवाइड कँडेल के एण्ड केजी जेभीले पाएको छ। उसले अहिले माछा सार्नलाई कलकत्तादेखि मानिस बोलाएको छ। कलकत्ताबाट माछा झिक्न ५ जना मानिस आएका ठेकेदार कम्पनीमा कार्यरत एक कर्मचारीले बताए।
पोखरीमा भएका सबै माछा झिकेपछि पानी भने ढलबाट फ्याक्ने ठेकेदारको तयारी छ।
रानीपोखरीको नाममा झन्डै ६० रोपनी जग्गा रहेको छ। त्यसमध्ये करिब ४० रोपनी पोखरीले ओगटेको छ। किनारमा रहेको बाँकी ठाउँमा पार्क बनाउने महानगरपालिकाको तयारी छ। रानीपोखरीभित्र पनि फाउन्टेन राखेर विद्युत् जडान गरी झिलीमिली बनाइनेछ।

0 comments:
Post a Comment