भारतले आफूले दिन्छु भनेर प्रतिवद्धता व्यक्त गरेको सहयोग रकम पनि खर्चै गर्न नसकेको भन्दै नेपालको क्षमतामाथि प्रश्न उठाएको छ।
नयाँ दिल्लीमा आज आयोजित नियमित प्रेस ब्रिफिङमा नेपाललाई सहयोग गर्ने शीर्ष ५ देशमा भारत नरहेको र चीनले उछिनेको भन्ने खबर आइरहँदा त्यसैसँग जोडेर प्रश्न गरिएको थियो।
यसको जवाफमा भारतको प्रतिरक्षा गर्दै विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले भने, यो गलत रिपोर्टिङ भएको छ। हामीले नेपालको केसमा कतै पनि सहयोग कटौति गरेका छैनौँ।
'पार्टनरले खर्च गरेन', उनले भने, 'खर्च गरेको आधारमा भुक्तानी गरेका छौँ। बढी खर्च गरे बढी भुक्तानी दिन हामी तयार छौँ।'
उनले नेपाललाई २२.२७ मिलियन डलरमात्रै सहयोग गरिएको भन्ने खबर गलत रहेको दावी गर्दै दिएका तर्कहरुमा भूतपूर्व गोरखा सैनिकलाई भुक्तानी गरिएको पेन्सनदेखि गत वर्ष भूकम्पपछि सुरु गरिएको अपरेसन मैत्रीमा ४ अर्ब भारु सहयोगसम्मका कुरा थिए।
'हामीले गरेका सहयोग नेपालको सरकारी कोषबाट जानु पर्छ भन्ने छैन', उनले थप सहयोगको व्यहोरा नै प्रस्तुत गरे-
३ हजार विद्यार्थीलाई छात्रवृत्ति वार्षिक दिने गरेका छौँ, ७ सय ट्रेनिङ सेक्युरिटी, इकोनोमिक क्षेत्रमा दिएका छौँ (७५ करोड भारु बराबरको), २० साना विकास प्रोजेक्टस, ६ सय वटा बस, एम्बुलेन्स, एक हजार स्यालो ट्युबवेल र आयोडाइज्ड नून सब गरेर ५० करोड भारु प्रति वर्ष, तटबन्ध नियन्त्रण कार्यक्रमका लागि ४० करोड भारु दिएका छौँ।
एकीकृत सुरक्षा चौकी तराई रोड र रेल लिङ्क प्रोजेक्ट प्रगतिको आधारमा दिने बताउँदै उनले भने, 'चार सम्झौता अनुसार १.६५ अर्ब डलर सहुलियत ऋणको घोषणा गरेकोमा सन् २०१० पछि १५० मिलियन डलर मात्रै निकासा भएको छ।'
उनले प्रति वर्ष ५० देखि ६० मिलियन डलर सहयोग नेपाललाई गरेको पनि दावी गरे।

0 comments:
Post a Comment