जब युवराजले ‘भगवान’को पाउ छोए …








क्रिकेका ‘युवराज’ले आइतबार राति क्रिकेटका ‘भगवान’को पाउ छोएका छन् ।
इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएल अन्तरगत आइतबार विशाखापटनममा भएको मुम्बई इण्डियन्स र सनराइजर्स हैदराबादको खेलपछि युवराज सिंहले मास्टर ब्लास्टर सचिन तेन्दुलकरको पाउ छोएका छन् ।
तेन्दुलकरको शैली र रेकर्डलाई लिएर उनलाई मन पराउनेहरुले उनलाई क्रिकेटका भगवान मान्छन् । उनी मुम्बई इण्डियन्स टिमका मेन्टर छन् ।
यो खेलमा मुम्बई ८५ रनले हार्‍यो । आईपीएलमा युवराजको यो १०० औं खेल थियो, जुन खेलमा उनले २३ बलमा ३९ रन बनाएका छन् ।
युवराजले सचिनको खुट्टा छोएको यो पहिलो पटक होइन । लर्ड्स स्थापना भएको २०० वर्ष भएको अबसरमा २०१४ मा आयोजित खेलमा पनि युवराजले सचिनको पाउ छोएका थिए ।


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments: